संकटमोचनका लागि बाबुरामको ५ प्रस्ताव : न्यायाधीशलाई महाअभियोगदेखि लोकपालसम्म

निरन्तर न्यूज
९ श्रावण २०७७, शुक्रबार १०:०३

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्ति पाउन ५ प्रस्ताव अगाडि सारेका छन् ।

शुक्रबार बिहान एक ट्वीट सन्देश जारी गर्दै डा. भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोगसहित भ्रष्टाचारविरुद्ध शक्तिशाली लोकपाल गठन गर्न प्रस्ताव अगाडि सारेका हुन् ।

‘देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले पाँच प्रस्ताव अगाडि सार्दै भनेका छन्, ‘१. संसद अधिवेशन बोलाऊँ; २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं । ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।’

सर्वोच्च अदालतले पत्नीको हत्या गर्ने सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाको सजायँ कम गरेर जेल मुक्त गरेको सन्दर्भमा न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव अगाडि सारेका हुन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भट्टराईको पुरानै प्रस्ताव भए पनि उनी आवद्ध पार्टी जनता समाजवादीले अहिले यसलाई स्थगन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*