अभिनेता नितिनको शालिनीसँग इन्गेजमेन्ट, आउँदो आइतवार विहे

निरन्तर न्यूज
८ श्रावण २०७७, बिहीबार १२:२८

दक्षिण भारतीय फिल्म उद्योग (तेलुगु)का अभिनेता नितिन रेड्डीले आफ्नी मंगेतर शालिनी कुंडुकुरीसँग इन्गेजमेन्ट गरेका छन्।

बुधवार हैदरावादमा इन्गेजमेन्ट गरेका ३७ वर्षीया नितिनले ट्वीटर फोटो शेयर गर्दै जानकारी दिएका छन्। तस्विरमा नितिन शालिनी परम्परागत पोशाकमा सजिएर औठी साटासाट गरिरहेको अवस्थामा देखिन्छन्।

इन्गेजमेन्ट समारोहमा परिवारका सदस्य उपस्थित थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार नितिन र शालिनीको विहे २६ जुलाई अर्थात आगामी आइतवार हुनेछ। हैदरावादको फलकनु प्यालेस होटलमा दुबैले सात फेरा लिनेछन्।

कोभिड १९ महामारीका कारण विवाहमा परिवारका सदस्य र आफन्त तथा मित्रहरु सहभागी हुनेछन्।

आफ्नो विहेका लागि नितिनले तेलंगानाका मुख्‍यमंत्री चंद्रशेखर रावलाई भेटेर निम्ता दिएका छन्।

त्यसैगरी साउथ स्टार एवं राजनीतिज्ञ पवन कल्याण पनि वरुण तेज र त्रिविक्रम श्रीनिवासका साथ विहेमा सहभागी हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*