अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि…

निरन्तर न्यूज
८ श्रावण २०७७, बिहीबार १२:००

एजेन्सी। कोरोना भाइरसको उत्पत्ती चीनको वुहान शहरबाट भएको थियो । त्यसकारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भाइरसलाई चिनियाँ भाइरस निरन्तर भन्दै आएका छन् । तर, अमेरिकी सभामूख न्यान्सी पेलोसीले ट्रम्पलाई निसाना बनाउँदै भाइरसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी छिन् । उनले मंगलबार एक अन्तरवार्ताको क्रममा कोराना भाइरसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी हुन् ।

पेलोसीले भनिन्, ‘कोरोना भाइरसको पहिलो केस दर्ता भएपश्चात ट्रम्पले गफ भन्दापनि प्रभावकारी कदम र योजना बनाएको भए हामी अधिक संख्यामा मानिसको ज्यान बचाउन सफल हुन्थ्यौँ ।’ उनले महिना दिन अगाडीदेखि मास्क र सामाजिक दूरी कायम गर्न जनादेश जारी गरेको भए अमेरिकाको माहौल छुट्टै हुने जनाइन् । कोरोना भाइरसले अमेरिकालाई कुनै असर नपार्ने र केस देखापरे हामी यसलाई परास्त गर्न सक्षम रहेको ट्रम्पले बताएका थिए ।

यस विषयलाई औँल्याउँदै पेलोसीले भाइरसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी हुन् । उच्च पद ग्रहण गरेकी व्यक्तिले चिनियाँ भाइरस भन्नु पर्ने ठाँउमा ट्रम्प भाइरस भन्नु उचित नरहेको भन्दै ट्रम्प समर्थनले आलोचना समेत गर्न पुगेका थिए ।श्रोत रिपोर्टसनेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*