महामारीको जोखिम कायमै छ : राष्ट्रपति भण्डारी

निरन्तर न्यूज
७ श्रावण २०७७, बुधबार १७:३०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले सजगता अपनाउन सबैसँग आग्रह गरेकी छन्।

भण्डारीले जनजीवन सहज पार्न मात्र सरकारले बन्दाबन्दी केही सरल गरेको भन्दै यस्तो आग्रह गरेकी हुन्।

राष्ट्रपति भण्डारीले बुधबार ट्विट गरेकी छन्, ‘जनजीवन सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन। तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*