विक्रम बरालको ‘भन्थे बाजेले‘’बोलको गीत सार्वजनिक

निरन्तर न्यूज
७ श्रावण २०७७, बुधबार ११:५१

काठमाडौं । विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले‘’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले‘’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् ।

अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*