च्याम्पियन लिभरपुलले बनाउने चाहेको एक कीर्तिमान
एजेन्सी । लिभरपुलले यो सिजन प्रिमियर लिग उपाधि उचाल्यो । करिब ३० वर्षसम्म लिग उपाधि जित्न नसकेको लिभरपुलले यो सिजन सात खेल अगावै लिगको उपाधि जित्न सफल भएको थियो । करिब १८ अंकको अग्रता बनाएको लिभरपुलले यो सिजन लिग जित्न सफल भएको हो । अघिल्लो सिजन लिभरपुल लिग उपाधि जित्नबाट मात्र एक अंकले मात्रै पछि परेको थियो । तर, यो सिजन भने लिभरपुलले पहिलेको गल्ती दोहोर्याएन । हाल लिभरपुलले ३२ खेलमा ८६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६६ अंक रहेको छ ।
यो सिजन लिभरपुलले लिग जितेसँगै उसले बनाउन सक्ने नयाँ रेकर्डहरुको पनि चर्चा छ । लिभरपुले यो सिजन आफूले बनाउन चाहेको रेकर्ड मध्यको एक हो धरै अंकको अन्तरमा लिग उपाधि जित्ने टोली । प्रिमियर लिग क्लब लिभरपुले जितेको लिग उपाधि हाल धेरै चर्चामा छ । उसले गरेको प्रदर्शनका अधारमा हाल क्लबले लिग उपाधि पनि धेरै अंकको फरकमा जित्ने सम्भावना देखिन्छ ।
हाल लिभरपुलले लिगमा १८ अंकको अग्रता बनाएको छ । लिभरपुलले बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सकेमा यो सिजन प्रिमियर लिगमा सबैभन्दा धेरै अंकको अन्तरमा लिग जित्ने टोलीका रुपमा आफूलाई स्थापित गर्नेछ । यसअघि सन् २०१७–१८ को सिजन म्यानचेस्टर सिटीले १९ अकंको अन्तरमा लिग उपाधि जितेको थियो । जुन सिजन सिटीले १०० अंकमा लिग उपाधि जितेको थियो । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ८१ अंक रहँदै लिग सिजन अन्त्य भएको थियो ।श्रोत १२ खरी