माधव नेपाल र झलनाथ खनालको कुरा सुनेपछि प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

निरन्तर न्यूज
५ श्रावण २०७७, सोमबार १४:५९

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहितको कुरा सुनेपछि केहीबेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि बालुवाटार पुगेका छन । बिहानैदेखि विभिन्न नेताहरूसँग छलफल गरेका प्रचण्डले नेपाल र खनालसँग भने लामै कुराकानी गरेका थिए ।

पूर्व एमालेको नेता भए पनि पछिल्लो समय नेपाल र खनाल प्रचण्ड समूहको छायाँमा परेका छन । उनीहरूले आफ्नो नेता प्रचण्डलाइ मानेर अघि बढ्ने गरी तयारी समेत गरेका छन । त्यसैका लागि पटक पटक खुमलटारमा बैठक गर्ने गरेका छन । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले महाधिवेशनको प्रस्ताव गरेपछि त्यसमा प्रचण्डले उत्साहित हुँदै समर्थन जनाएका थिए ।

तर शनिबार रातिनै प्रचण्डले पुत्री गंगा दाहाल मार्फत कुनै सहमति नभएको भन्दै भ्रममा नपर्न अनुरोध गराएका थिए । आइबार बिहान उनले नेपाल, खनाल र नारायणकाजी श्रेष्ठलाइ पनि कुनै सहमति नभएको तर महाधिवेशनको प्रस्तावमा आफूले सहमति जनाएको बताएका थिए ।श्रोत दैनिकी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*