गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३’ गीत युट्युब ट्रेन्डिङमा

निरन्तर न्यूज
५ श्रावण २०७७, सोमबार १४:३५

काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३’ गीत युट्युब ट्रेन्डिङ ४ मा उक्लिएको छ।

‘बिच्च बिच्चमा ३’ ‘बेसार’ बोलको गीत युट्युबमा अपलोड गरिएको दुई दिनमै नेपालमा ट्रेन्डिङ ४ मा परेको हो।

अनियमितता, भ्रष्टाचार, विकृति र नेताहरुको कार्यशैलीविरुद्ध तिखो प्रहार गरिएको ‘बेसार’मा शब्द तथा संगीत वसन्त थापाको छ।

गीतले भन्छ–

कोरोनाले लग्यो बरै पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्नी बरीलै
बेसार…

गत वर्षको तीजमा ‘बिच्च बिच्चमा’ गीत ल्याएर चर्चा कमाएका थापाले केही दिन अघि मात्रै ‘बिच्च बिच्चमा २’ सार्वजनिक गरेका थिए।

दुई दिनको अवधिमा गीत ९ लाख ३२ हजार बढीले हेरिसकेका छन्।

भिडियोमा थापासँगै चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खडकाले अभिनय गरेका छन्।

भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका छन् भने अर्जुन तिवारीको छायांकन छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*