ऐश्वर्या र उनकी छोरी आराध्या अस्पताल भर्ना

निरन्तर न्यूज
३ श्रावण २०७७, शनिबार १४:२२

काठमाडौं । भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएकी छिन् ।

गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले आमाछोरीकै अवस्था सामान्य रहेको समाचारमा उल्लेख गरिएको छ ।

ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई गत हप्ता नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतमा गएको २४ घण्टामा मात्रै ३४ हजार आठ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*