अहिले ‘अधम’ मान्छेहरुले सरकार सन्चालन गरिरहेका छन् डा. भट्टराई

निरन्तर न्यूज
३ श्रावण २०७७, शनिबार १०:०३

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको आरोप लगाएका छन् ।

राजधानीमा शुक्रबार आयोजिक एक कार्यक्रमममा धारणा राख्दै डा. भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका हुन् ।

जनता समाजवादीका वरिष्ठ नेता समेत रहेका भट्टराईले जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उल्लेख गरे । ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ,’ उनले भने, ‘अधम मान्छले आफुले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन् । म चाँही हाम्रा शासकलाई अधमको कोटीमा राख्न चाहन्छु ।’

उनले अगाडि थपे, ‘किनकी यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनौं बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलवाड गरिरहेको छ ।’

उनले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको समेत आरोप लगाए । नेता भट्टराईले कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको टिप्पणी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*