युवाहरुको चेतावनी : अर्को वर्ष भोट माग्न आउँदा बिचार गर्नु

निरन्तर न्यूज
३ श्रावण २०७७, शनिबार १०:३५

हेटौँडा । विभिन्न वाचा पुरा गर्ने आश्वासन दिएर गएका जनप्रतिनिधिहरुलाई अवदेखि भाेट माग्न नआउन स्वतन्त्र युवा समुहले चेतावनी दिएकाे छ ।

स्वतन्त्र युवा समुहले हेटौँडा ३ बसामाडीमा गरेको कार्यक्रममा बोल्दै अभियन्ता महेश मगरले युवाहरुलाई विभिन्न दलले पटक पटक झण्डा र झाेला बाेक्ने काममा प्रयाेग गरेकाे आरोप लगाएका छन् ।

मगरले देशमा युवाहरु बेराेजगार हुँदा राेजगारकाे कुनै याेजना ल्याउन नसकेकाेले हामी युवाहरुले स्वतन्त्र भएर एकजुट हुनुपर्ने बताएका छन् ।

अझैपनि युवाको समस्यालाई सम्वाेधन गर्ने नसके  आगामी चुनावमा युवाले त्यस्ता जनप्रतिनिधिको पत्तासाफ समेत  गराईदिने मगरले दाबी गरे ।

कार्यक्रममा अधिकांशले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नको लागि गुरुयोजना बनाउन माग समेत गरेका छन्।

कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ को वडा अध्यक्ष रामकुमार पुडासैनीले युुवाहरुको समस्या समाधानको लागि आफुहरु तयार रहेको बताए । वडा अध्यक्ष पुडासैनीले युवाहरुले राखेका जिज्ञासाकाे उत्तर दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*