एन्फाका पूर्वअध्यक्ष थापाद्वारा पत्रकारमाथि अभद्र व्यवहार
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा एवम् उनका छोरा अभिषेकले खेल पत्रकार प्रकाश तिमिल्सिनामाथि अभद्र व्यवहार गरेका छन् । उनीहरुको यस गतिविधिको नेपाल खेलकुद पत्रकार मञ्चले घोर भर्त्सना गरेको छ ।
मञ्चका सदस्य एवम् हाम्रो खेलकुद डटकमका सम्पादक समेत रहेका तिमिल्सिनाले बिहीबार साँझ समाचार संकलनका लागि थापासँग फोन वार्ता गर्ने क्रममा थापाले गाली गलौजसहित अभद्र व्यवहार गरेका थिए । थापाका छोरा अभिषेकले हाम्रो खेलकुदको कार्यालय परिसर थापाथलीमै पुगेर वादविवाद गरेका थिए ।
नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरेपनि नपुग्ने मञ्चले विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।