‘कि मिल्नुस् कि पछाडि फर्कनुस्’ नेकपालाई कमल थापाकाे सुझाव

निरन्तर न्यूज
३ श्रावण २०७७, शनिबार ०९:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्रको अहिलेको समस्या व्यक्ति फेरेर समाधान नहुने तर्क गरेका छन् ।

थापाले शनिबार एक ट्वीट सन्देश जारी गर्दै नेकपाको विवादलाई व्यक्तिगत विवादको रुपमा चित्रण गरेका हुन् । ‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्दति, प्रणालीवारे होईन, नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ,’ उनले अगाडि थपेका छन्, ‘अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन ।’

उनले नेकपा नेतृत्वलाई कि मिलेर अगाडि बढ्न कि १२ बुँदेभन्दा पछाडि फर्कन पनि चुनौती दिएका छन् । ‘सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नोस् । होइन भने जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्नोस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*