पल र स्वस्तिमाको ‘मायालू तिमी कता छौ २ बोलको गीत सार्वजनिक

निरन्तर न्यूज
२ श्रावण २०७७, शुक्रबार १७:५१

नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेको ‘मायालु तिमी कता छौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर, राजनकै संगीत छ ।

यो गीतको भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्काको साथमा बाल–कलाकारद्धय एन्जल राई र अर्विन खड्काले अभिनय गरेका छन् ।

सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।

‘मायालु तिमी’ बोलको गीत हिट भएपछि सरोज र उनको टिमले यसको दोश्रो भाग सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*