नेकपा स्थायी कमिटी बैठक ३ बजेका लागि सर्‍यो

निरन्तर न्यूज
२ श्रावण २०७७, शुक्रबार ११:२०

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ३ बजेसम्मका लागी सरेको छ ।

बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेका लागि बैठक सारिएको नेकपाका एक नेताले जानकारी दिए ।

अध्यक्षद्धय ओली र  दाहालबीच छलफल  २० मिनेट अघिदेखि जारी रहेको छ । स्थायी समिति बैठक अगाडि दुई अध्यक्षबीच भेट हुने सहमति यसअघि नै भएको थियो।

बिहिबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*