चालु आवकाे काम गर्न वागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन करार
हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/७८ भरी गरिने नीति र कार्यक्रमलाई सम्वाेधन गर्नेगरि एक वर्ष भित्रमा पूर्ण रुपमा काम गर्न मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका मन्त्रीहरुका बीचमा कार्य सम्पादन करार गरिएकाे छ ।
मुख्यमन्त्री पाैडेल सहितका मन्त्रीहरुले करार सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।
याे नयाँ प्रयास सहितकाे अभियान रहेकाे बताउँदै मुख्यमन्त्री पाैडेलले कार्य सम्पादन करारलाई सचिवस्तर हुदै विभाग स्तरसम्म सम्झाैता गरिने भएकाेले यसका पूर्ण कार्यान्वयनबारे प्रतिवद्ध रहेकाे बताए । हिजाेका भन्दा फरक र अगाडी बढ्ने गरि कार्य सम्पादन हुने भएकाेले संझौताले कामको सफलता प्राप्त गर्न सहज हुने मुख्यमन्त्री पाैडेलले बताए ।
प्रदेशका सवै मन्त्रालयका चालु आर्थिक वर्षमा गरिने कामसहितकाे करारमा मुख्यमन्त्री पौडेलले क्रमश: आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलालसँग आज कार्य सम्पादन करारमा संझौता गरेका छन् । करार संझौतामा मन्त्रालयहरुले गर्ने कामका विषयमा लिखित गरिएको छ ।
आजको कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल भने उपस्थित थिएनन् । बाढी प्रभावित क्षेत्रमा रहेका कारण उपस्थित नभएकाे मन्त्री नेपालले जानकारी दिए ।