नाकामा ज्यान गुमाएका बिरेन्द्र यादवको परिवारलाई प्रदेश २ काे ५ लाख

निरन्तर न्यूज
१ श्रावण २०७७, बिहीबार १३:१७

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवार लाई पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

शहिदनगर नगरपालिका ९ गोठ कोयलपुर स्थित यादबको घर पुग्नु भएका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताउनु भयो ।

उक्त अवसर मा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा सहित को उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*