नेकपाको विवाद मिलाउन प्रचण्ड-केपी-माधव बालुवाटारमा त्रिपक्षीय संवादमा
काठमाडाैं । नेकपाको विवाद मिलाउन आजदेखि त्रिपक्षीय संवाद शरू भएको छ । दुई अध्यक्षको छलफलबाट निस्कर्ष आउन नसकेपछि शिर्ष नेताहरु आज त्रिपक्षीय छलफल जुटेका छन्।
पछिल्लो समय स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमात्र छलफल भइरहेकोमा बिहीबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएको बालुवाटार स्रोतले बताएको छ।
भोलि शुक्रबार स्थायी कमिटी बैठकअगाडि आज नेकपामा त्रिपक्षीय संवादबाट विवाद समाधान गर्न खोजिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पछिल्लो समय एक साताका लागि स्थगित भएको स्थायी समिति बैठक बस्नु अघिल्लो दिन भइरहेको तीन नेताहरूको छलफलले केही परिणाम निकाल्ने अपेक्षा गरिएको छ।
नेकपामा प्रचण्ड-नेपाल पक्षधरले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री ओली भने दुबै पद नछोड्ने अडानमा छन्।
दुबै पक्षका अडानबीच सहमतिको बिन्दु के हुन सक्छ भनेर दुई अध्यक्षबीच यसअघि पटकपटक भएका छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको छैन।