हेटाैँडा उपमहानगरकाे बेरुजु रकम १४ कराेड नाघ्याे
हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका कार्यालयकाे आर्थिक वर्ष २०७५/०७६ काे बेरुजु १० कराेड ४९ लाख रुपैया रहेकाे महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे ५७ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
उक्त प्रतिवेदनमा हेटाैँडा उपमहानगरकाे आर्थिक वर्ष २०७५/०७६ मा कुल ३ अर्ब ५३ कराेड ९८ लाख रुपैयाकाे लेखा परिक्षण गरिएकाे उल्लेख गरिएकाे छ । हालसम्म हेटाैँडा उपमहानगरमा कुल १४ कराेड ३९ लाख रुपैया बेरुजु रकम रहेकाे महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
११ वटा उपमहानगरपालिकामा सबैभन्दा कम बेरुजु रकम बुटवल नगरपालिकाकाे ११ कराेड ४९ लाख रुपैया रहेकाे छ भने सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकाकाे ४८ कराेड ३४ लाख रुपैया रहेकाे छ । बुटवल पछि हेटाैँडा कम बेरुजु रहेकाे उपमहानगरपालिका रहेकाे छ । यस वर्ष जनकपुर उपमहानगरपालिकाले भने लेखा परिक्षण नगराएकाे परीक्षककाे कार्यालयले जनाएकाे छ ।
वागमती प्रदेशका १ सय १९ स्थानीय तह (महानगरपालिका ३, उपमहानगरपालिका १, नगरपालिका ४१ र गाउँपालिका ७४) मध्ये काठमाण्डाैँ महानगरकाे १ अर्ब ४३ कराेड ९४ लाख रुपैया, ललितपुर महानगरकाे ८८ कराेड २५ लाख रुपैया र भरतपुर महानगरपालिकाकाे २२ कराेड ४५ लाख रुपैया बेरुजु रकम रहेकाे छ ।
त्यस्तै वागमती प्रदेशका ४१ वटा नगरपालिकाकाे २ अर्ब ५६ कराेड ७१ लाख रुपैया कुल बेरुजु रकम रहेकाे छ । त्यस्तै प्रदेशका ७३ गाउँपालिकाकाे (रामेछापकाे लिखु तामाकाेशी गाउँपालिका लेखा परिक्षण नभएकाे) कुल बेरुजु रकम २ अर्व २४ कराेड ४४ लाख रुपैया रहेकाे छ ।
त्यस्तै यसवर्ष ७ सय ५३ स्थानीय तह मध्ये १० स्थानीय तहले लेखा परिक्षण गराएका छैनन् । जसमा जनकपुर उपमहानगरपालिका सहित सिरहाकाे भगवानपुर र नवराजपुर गाउँपालिका, सर्लाहीकाे बलरा र कवीलासी नगरपालिका तथा बसबरीया गाउँपालिका, राैतहटकाे फतुना विजयपुर नगरपालिका र पर्साकाे ठाेरी र जिरा भवानी गाउँपालिका र रामेछापकाे लिखु तामाकाेशी गाउँपालिका समेत कुल १० वटा स्थानीय तहले लेखा परिक्षण गराएका छैनन् ।