भारतले सम्झौताको रकम भुक्तानी नगरेपछि इरानद्वारा चीनसँग रेल परियोजना सम्झौता
एजेन्सी । भारतले सम्झौताको रकम भुक्तानी नगरेपछि इरानले चाबहार रेल परियोजना रद्द गरेको छ । भारतले इरानसँग चार वर्षअघि ६२८ किलोमिटर लामो दुरुको रेल निर्माण परियोजनामा हस्ताक्षर गरेको थियो ।
प्रधानमन्त्री मोदीले आफैं इरानमा पुगेर सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार चाबहार रेल परियोजनाको लाइन बिछ्याउने काम इन्डियन रेल्वेज कन्स्ट्रक्सन लिमिटेडले गर्नुपर्ने थियो ।
इरान सरकारले बारम्बार भुक्तानीका लागि आग्रह गरे पनि भारतले सो रकम उपलब्ध गराएको थिएन ।
इराले यो परियोजनाको लागि चीनसँग सहयोग मागेको थियो । चीन सरकारले यो परियोजनामा सकारात्मक रहेको जवाफ फर्काएको थियो । हालै दुई देशबीच यो परियोजना बनाउन चार खर्ब अमेरिकी डलरको सहायता सम्झौता भएको छ । सम्झौता लगतै चीनले गत सातादेखि काम सुरु गरेको छ ।
भारत र चीनबीच तनाव बढिरहेको अवस्थामा यो परियोजनाबाट हटाउदा इरानसँग सम्बन्ध बिग्रेको आंकलन गरिएको छ । अब चीनको सहायतामा इरानले यो रेलमार्ग अफगानिस्तानको जारान्जसम्म बिस्तार गर्नेछ । यो परियोजना सन २०२२ मार्चसम्म सम्पन्न हुनेछ ।