कम्युनिष्ट आन्दोलनकी आमा बालकुमारीको निधन,

मुख्यमन्त्री देखि वडा अध्यक्षसम्मले दिए श्रद्धान्जली
निरन्तर न्यूज
३० असार २०७७, मंगलवार १४:२९

हेटौंडा । मकवानपुरको कम्युनिष्ट आन्दोलनकी नेतृ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवी निवासी बालकुमारी थापाको साेमबार राती पाैने ९ बजे निधन भएको छ । उहाँकाे आज मंगलबार अन्त्येष्टि गरिएकाे छ ।

मकवानपुरले कम्युनिष्ट आन्दोलनकी आमा भनेर चिन्ने थापाकाे पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनकाे लागि वागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, वागमती प्रदेश सभा सदस्य मुनु सिग्देल र प्रेम बहादुर पुलामी वहाँकाे निवास पुगेका थिए । वहाँकाे निधनमा पार्टीलाई अपुरणिय क्षति भएकाे नेकपा सचिव पुलामीले बताए । एक मिनेट माैनधारण गरे पश्चात् उनकाे थापाकाे पार्थिव शरिरलाई उपस्थित नेताहरुले नेपाल कम्युनिष्ट पार्टीकाे झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

जुनेली श्रेष्ठ, विष्णु ओझा, अनन्त पाैडेल, जिसस प्रमुख रघुनाथ खुलाल, हेटाैँडा उपमहानगर प्रमुख हरिबहादुर महत, उपप्रमुख मिना लामा, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायत हेटाैँडा उपमहानगरका अधिकांस वडा अध्यक्षहरु समेतले थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नेकपाका केन्द्रीय सदस्य केदार न्याैपाने रामेश्वर राना सहित जिल्ला तहका नेताहरु श्रीधर पाेखरेल, बद्री लम्साल एकालाल श्रेष्ठ लगायतले थापाकाे पार्थिव शरिरमा माल्यार्पण गरेका थिए ।

विगत १५ वर्ष देखि मुटुरोगले थलिनु भएकी नेतृ थापा मुटु र अरु विभीन्न रोगले समेत च्यापेकाे थियाे। थापाले तत्कालिन नेकपा माले पार्टीका नेता भुमिगत हुँदा उहाँको घरमा लुकेर वस्दै आएका थिए ।

अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदन भण्डारी, नेता जिवराज आश्रीत, विद्यादेवि भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायतका नेतालाई आश्रय दिने गर्नुभएको नेकपाका नेताहरुले बताएका छन् ।

नेकपा मकवानपुरका अभिभावक समेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेतृ बालकुमारी थापालाको ७६ वर्षको उमेरमा गएराती हेटौंडा अस्पतालमा मृत्यु भएको  थियाे ।

थापा दम, मुटु रोगले ग्रस्थ हुनुहुन्थ्यो । उहाँका श्रीमान र तीन छोराहरु छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*