पक्राउ परेका विप्लव मकवानपुरका नेताद्वारा पार्टी परित्याग
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी विप्लव मकवानपुर जिल्लाका सचिवालय सदस्य एवम् पुर्वी मकवानपुर ईन्चार्ज प्रल्हाद गौतमले पार्टी परित्याग गरेका छ्न ।
आज एक विज्ञप्ती जारी गरी गाैतमले नेकपा विप्लव पार्टी छाडेको बताएका छन । पार्टी फुटको सन्दर्भमा रहेको पार्टीले लिएको लाईन, विचार र कार्यदिशसँग असहमत रहेकाे भन्दै पार्टी परित्याग गरेकाे उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
वकैया गाउँपालिका ४ निवासी गाैतमले उक्त पार्टीकाे सम्पूर्ण जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकाे घाेषणा गर्दै आगामी दिनहरुमा स्वतन्त्र नागरिककाे हैसियतमा जीवन यापन गर्ने प्रतिवद्धता जाहेर गरिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
केही दिन अघि उनि सहित अर्का एकजना हाँडिखोलाका सोनम सिंह बललाई समेत मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।