सिंगापुरमा फेरी सत्तारुढ दलकाे बहुमत, प्रतिपक्षीदलकाे पनि उदय

निरन्तर न्यूज
२८ असार २०७७, आईतवार ०९:००

काठमाडौं । कोराना महामारीकै बीच शुक्रबार (जुलाई १०) सिंगापुरमा १४ औं संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पाप) ले फेरि बहुमत ल्याएको छ । यो पार्टी सन् १९५९ यता निरन्तर सिंगापुरको सत्तामा रहँदै आएको छ ।

पाप आधुुनिक सिंगापुरका संस्थापक लि क्वान युले स्थापना गरेको पार्टी हो । यसको नेतृत्व अहिले लि क्वान युका छोरा तथा प्रधानमन्त्री लि स्याङ लुङ्गले गर्दछन् । सिंगापुरको इतिहासमा पहिलोपटक प्रमुख प्रतिपक्षी दल बकर्स पार्टीले १० प्रतिशत मत कटाएको छ ।

यो निर्वाचनमा ११ वटा पार्टीले भाग लिएका थिए । तर दुईवटा पार्टीले मात्र सीट हासिल गर्न सकेका छन् । कुुल ९३ सिटमध्ये सत्तारुढ दल पापले ८३ सिट जितेको छ भने विपक्षी वकर्स पार्टीले १० सीट जितेको छ ।

पापले कुल ६१.२४ प्रतिशत मत प्राप्त गरेको छ । बकर्स पार्टीले ११.२२ प्रतिशत भोट प्राप्त गरेको छ । तेस्रो भएको दल प्रोग्रेसिभ सिंगापुर पाटीले १०.१८ प्रतिशत भोट प्राप्त गरे पनि प्रत्यक्ष तर्फको कुनै सीट हासिल गर्न सकेन । यो पार्टी सत्तारुढ पापबाट फुटेर सन् २०१९ मा गठन भएको नयाँ पार्टी हो ।

पहिलोे पटक प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको बकर्स पार्टी भने धेरै पुरानो पार्टी हो । यो पार्टीको गठन सन् १९५७ मा भएको थियो । उल्लेखनीय निर्वाचन परिणाम प्राप्त नगरे पनि यो पार्टी निरन्तर क्रियाशील रहँदै आएको थियो । यसका नेता अहिले भारतीय मूलका अधिवक्ता प्रितम सिंह छन । उनले सन् २०११ यता निरन्तर संसदको चुनाव जित्दै आइरहेका छन् ।

यसपटकको निर्वाचनमा सत्तारुढ दल पापको भोट गत निर्वाचनमा भन्दा करिब ८ प्रतिशतले घटेको छ । यसलाई प्रधानमन्त्री लिले स्वभाविक भनेको छन् । उनको विचारमा सिंगापुरको नयाँ पुस्ता फरकफरक राजनीतिक दलहरुको अस्तित्व होस् र संसदमा धेरै खाले विचारहरु उपस्थिति हुन भन्ने चाहन्छ । तसर्थ धेरैवटा दलमा भोट विभाजन भएको हुँदा पापको भोट घटेको हो ।

यसपटकको निर्वाचनमा सिट जित्न नसकेका दलहहरुले पनि उल्लेखनीय भोट पाएका छन् ।

प्रतिपक्षी दलका नेता प्रितम सिंह

प्रतिपक्षी नेता प्रितम सिंहले जनमतको सम्मान गर्ने बताएका छन् । उनले भने, ‘निर्वाचन परिणमलेम म धेरै खुशी छु, न निरुत्साहित । लामो संघर्षपछि हामीले सिंगापुरी जनताको माया पाउन थालेका छौं । हामीले अझै धेरै गर्नुछ ।’

प्रधानमन्त्री लिले आफ्नो पार्टीले पाएकोे जनमतलाई ‘धेरै बलिया हैन, तर राम्रो जनमत’ भनेका छन् । लिले स्वतन्त्र सिंगापुरको इतिहासमा ‘विपक्षी दलको पहिलो नेता’ भन्दै प्रितम सिंहको नाम लिएका थिए ।

सिंंगापुर विश्वविद्यालयका राजनीतिशास्त्री चोङ जा इङले भने, ‘भोट यसरी घट्न थाल्नु पापका लागि चिन्ताको बिषय हो । यद्यपि पापसँग अझै दुईतिहाई बहुमत छ तर पापको सिंगापुरमा जुन प्रकारको इतिहास, स्थान र भूमिका छ, त्यसको तुलनामा योे निर्वाचन परिणाम एकप्रकारको हार नै हो ।’

प्रतिपक्षको साथमा प्रधानमन्त्रीका भाइ

चुनावको मुखमा दाईको साथ छाडेका लि हसिएन याङ

निर्वाचनको मुखमा सिंगापुरका प्रधानमन्त्रीका भाइ लि हसिएन याङले आफ्नो दाईको साथ छाडेका थिए ।

याङले आफूले विपक्षी पार्टीमा प्रवेश गरेको र यो निर्वाचनमा आफ्नो दाईको पार्टीविरुद्ध काम गर्ने घोषणा गरेका थिए ।

आधुनिक सिंगापुरका संस्थापक लि क्वान युका छोरा ली हसिन याङ आफ्नो पिताको घरलाई लिएर दाइसँग विवादमा उत्रिएपछि पारिवारिक कलहले राजनीतिक रङ्ग लिएको थियो । उनले न्यू प्रोग्रेश सिंगापुर पार्टी (पिएसपी) प्रवेश गरेको पनि जानकारी दिएका थिए ।

लिले आफ्नो दाई लि हसिन लुङको पिपुल्स एक्सन पार्टी (पिएपी)को पनि आलोचना गरेका थिए । उक्त पार्टीलाई उनकै पिता लि क्वान युले सिंगापुर स्वतन्त्र भएपछि १९६५ मा स्थापना गरेका थिए ।

गत वर्ष, हसिन याङले आफ्नो दाजुको पार्टीले बाटो भुलेको बताएका थिए । उनले आफू उक्त पार्टीको सिद्धान्त र मूल्यलाई पछ्याउने प्रतिक्रिया दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*