सकियो ओली–दाहालबीचको आजकाे भेटवार्ता
काठमाडौं। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिव ३ घण्टा चलेको उक्त छलफलमा आज पनि कुनै निर्णय हुन नसकेको बताइएको छ ।
यस अघि दुई अध्यक्षबीच सोमबार पनि ‘वन टु वन’ वार्ता भएको थियो । उनीहरुबीच नेकपाको पछिल्लो विवादकै विषयमा कुराकानी भएको थियो ।
उनीहरुवीचको वार्ता सकारात्मक बाटोमा अघि बढेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
नेकपामा आन्तरिक विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेकामा पुनः स्थगन भइ यही असार २४ गतेका लागि तोकिएको छ ।