प्रचण्ड-ओेलीकाे बार्ता सकियाे, साेमबार पुन: बस्ने

निरन्तर न्यूज
२१ असार २०७७, आईतवार १४:४३

काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सम्पन्न भएको छ ।

करिब डेढ घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक सोमबार बिहान पुनः बस्नेगरी टुंगिएको हो ।

बैठकमा के के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए भने प्रचण्डसँग वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

अध्यक्षद्वले बैठक स्थल छाडे पनि दोस्रो तहका नेताहरुले भने छलफललाई निरन्तरता दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*