महेस बस्नेतले थापालाई आईजी बनाउन बालुवाटारमा कन्भिन्स गर्दा बादलकाे रुची पालमा
काठमाडौं । यहि असार २४ गतेदेखि आईजी ठाकुर ज्ञवालीको पदावधि सकिने भएपछि नेपाल प्रहरीको आईजीका लागि दौडधुप सुरु भएको छ । सबैलाई पछि पार्दै असारमै आईजी हुने दौडमा रहेका डीआईजी विश्वराज पोखरेल अहिलेको एआईजी बढुवामा नपरेपछि उनको आईजी हुने सपनामा झन्डैझन्डै पूर्णविराम लागेको छ । ज्ञवालीपछि दुई एआईजी शैलेश थापा र हरि पालमध्ये एकजना आईजी हुने निश्चित नै छ । अर्का एआईजी तारिणीप्रसाद लम्साल एआईजी ज्ञवालीसँगै २५ असारमा घर जानेछन् । महानिरिक्षक ज्ञवाली आउदा असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउदैं छन्
स्रोतका अनुसार यी दुई मध्ये थापालाई जसरी पनि आइजि बनाउन प्रधानमन्त्री केपी ओली निकट रहेर हर मोर्चामा सघाइरहेका सांसद महेश बस्नेत जोडबलले लागिपरेका छन् । सांसद बस्नेत अहिले अधिकांश समय प्रधानमन्त्री निवास बालुवाटारमै रहेर थापालाई जसरी पनि आइजि बनाउन प्रधानमन्त्री ओलीलाई ‘कन्भिन्स’ गरिरहेका छन् । प्रधानमन्त्री ओलीले आँफू संकटमा पर्दा बस्नेतलाई बिभिन्न मोर्चामा खटाउने गरेका छन् । पछिल्लो समय स्थायी कमिटि बैठकमा आँफू अल्पमतमा परेपछि आत्तिएका ओलीले यिनै बस्नेतलाई बोलाएर आफ्नो पक्षमा देशब्यापी प्रर्दशन गराउन निर्देशन दिएका थिए भने यस अघि मधेश केन्द्रीत दल फुटाउने अभिप्रायले ल्याएको अध्यादेश अनुरुप महोत्तरीबाट सांसद डा सुरेन्द्र यादवलाई ‘अपहरण’ गरि काठमाण्डौै ल्याउन पनि सांसद बस्नेत र उन्को टीम खटिएको थियो ।
उनलाई त्यतिबेला अर्का सांसद किसान श्रेष्ठ, निवर्तमान आइजि सर्वेन्द्र खनालले साथ दिएका थिए । यहि समूह अहिले जसरी पनि थापालाई आइजि बनाउन लागिपरेको छ । श्रोतका अनुसार सांसद बस्नेत, किसान श्रेष्ठ, पूर्व आइजि खनाल टोखामा हाउजिङ ब्यवसायमा संलग्न छन् । यहि नेक्ससले थापालाई आइजि बनाउन जोडतोडले लागिपरेको छ । यसमा गृह सचिव महेश्वर न्यौपानेको पनि साथ रहेको बताइन्छ । न्यौपाने र शैलेश थापा एकै ठाँऊको भएको र उनीहरुको पहिलेदेखिनै राम्रो दोस्ती रहेको कारण पनि थापा आइजि बन्नेमा बढी ढुक्क देखिन्छन् ।
गृहमन्त्री थापाले भने अर्का प्रतिस्पर्धी हरि पाललाई बनाउन चाहेको पृष्ठभूमिमा सांसद बस्नेतको टीमले प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरि थापालाई बनाउन खोजेपछि गृहमन्त्री थापा ओलीसंग बिच्किएर प्रचण्ड समूहमा गएको श्रोतको दाबी छ ।
संकटको बेला आँफूलाई साथ नदिएको भनि प्रधानमन्त्री ओली गृहमन्त्री थापासंग चिढिएका छन् । जस्का कारण एआइजि थापालाई आइजि बनाउन बालुवाटार सहमत भएको बताइन्छ । वरिष्ठताका आधारमा थापा अगाडि रहेको, व्यावसायिक र भद्र स्वभाव आदिका कारण पनि थापा नै आईजी हुनुपर्ने भनि बस्नेत पक्षले लबिङ गरिरहेका हुन् ।
प्रहरी संगठनमा चार वर्ष यता प्रहरी नायव महानिरीक्षकबाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा अब एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर प्राप्त भएको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् ।
नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बिगत देखिकै परम्परा बनेको छ । सर्वेन्द खनाल आइजि बन्दा पनि अर्कां काबिल प्रहरी अधिकृत रमेश खरेलले राजीनामानै दिएका थिए । पूर्व प्रहरी अधिकृतहरु नेपाल प्रहरीमा सधैँ हुने राजनीतिक हस्क्षेपले संगठन प्रभावकारी रुपमा अघि नबढेको टिप्पणी गछंन् । समाजखबरबाट लिइएकाे खबर ।