सहयाेगीकाे साथमा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता

निरन्तर न्यूज
२१ असार २०७७, आईतवार १२:५६

काठमाण्डाैँ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकाे अनेक किसिमकाे बहसलाई निर्णायक रुपमा गरिने रुपमा बुझिएकाे अध्यक्षद्वयकाे छलफल २/२ जना सहयाेगिकाे साथमा बालुवाटारमा शुरु भएकाे छ ।

नेकपाका अध्यक्षद्यव केपी शर्मा ओली र प्रचण्डबीच पार्टीलाई मजबुद बनाउनकाे लागि गरिने भनिएकाे बार्तामा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागीतामा भैरहेकाे नेकपाका एक नेताले बताएका छन् । सहयाेगी सहित वार्ता गरिएकाे भन्ने बारे नेकपाले आधिकारीक जानकारी भने दिएकाे छैन ।

केही समय अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट फर्किए लगत्तै  प्रचण्ड प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार छिरेकाे बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*