राष्ट्रपति भेटेर फर्किएका प्रचण्ड सहितका नेताहरु बालुवाटारमा

निरन्तर न्यूज
२१ असार २०७७, आईतवार १२:४१

काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठन नेताद्वय झलनाथ खनाल र माधव नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् ।

आइतबार बिहान ११ बजे राष्ट्रपति निवास शीतलनिवास पुगेर उनीहरुले भेट गरेका हुन् । स्रोतका अनुसार छलफलमा अध्यक्ष दाहालले पार्टी फुटाउने काममा राष्ट्रपतिको संलग्नता नराख्न अनुरोध गरेका थिए ।

पार्टी एकतालाई जोगाउन आफूहरु लागि परेको बताउँदै राष्ट्रपतिसमक्ष उनीहरुले पार्टी एकतामा जोड गर्न भनेको बालुवाटार निकट स्रोतले जानकारी दिए । सत्तारुढ दल नेकपाभित्र बढ्दो आन्तरिकत किचलो र राष्ट्रपतिसँग प्रधानमन्त्रीको निरन्तर भेटघाटले पुनः एकपटक राष्ट्रपति पद विवादमा परेको छ ।

समसामयीक राजनीतिक विषयको जानकारी दिँदै राष्ट्रपतिसमक्ष नेताहरुले कुनै पनि सरकारका सिफारिसहरु आउनुपूर्व सोच्न आग्रह गरेका थिए । तीनै नेताहरु अहिले राष्ट्रपति निवासबाट प्रधानमन्त्री ओलीसमक्ष बालुवाटार पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*