बहुमत प्रधानमन्त्रीसँग छ, राजीनामा दिनुपर्दैन् : गाेकुल बाँस्कोटा

निरन्तर न्यूज
१९ असार २०७७, शुक्रबार ०८:५२

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग बहुमत रहेकाले कसैले भन्दैमा राजीनामा दिन नपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले बताएका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग गर्न नमिल्ने बताए ।

सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको बताएका हुन

बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दुईवटै पद छोडनुपर्छ भन्ने कुरा हो यो चाहिं काम नलाग्ने ुतर्क हो ।’ उनले भने ‘ यो त नेताहरुलाई पनि थाहा छ ।’

शुक्रबार दुई अध्यक्षले छलफल गर्ने भएकाले समस्या सामधान हुने उनले बताए । नेकपासँग विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको बताए । ‘नेकपासित के विकल्प छन ? या त विभाजन हुन प¥यो या त एकता गर्नप¥यो या त कम्प्रमाइज गर्नप¥यो । उनले भने ‘ यो भन्दा बाँकी त कुनै विकल्प नेकपासित छैन नी ।’

ओलीसँग बहुमत भएकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*