मकवानपुरका बर्ताैला सहित राप्रपा सचिवालयमा ९ जना मनाेनित
काठमाण्डाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । राप्रपाको केन्द्रीय सचिवालय सदस्यमा मकवानपुरका राजाराम बर्तौलासहित ९ जना मनोनित भएका छन् ।
मनोनित हुनेमा मकवानपुरका बर्तौलासहित नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) रहेका छन् ।
साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ ।