कोरोना भाइरसका कारण हालसम्म भारतमा १५ हजार भन्दा बढिकाे मृत्यु

निरन्तर न्यूज
१२ असार २०७७, शुक्रबार ०९:३८

काठमाडौ । भारतमा कोरोना भाइरसका कारण विहीबारमात्रै ४०१ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १५ हजार ३०८ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोनाका कारण दिल्लीमा सबैभन्दा भयावह स्थिति रहेको अधिकारीहरुले जनाएका छन् । एक रिपोर्टका अनुसार कोरोना अनुपात झण्डै ३० प्रतिशत रहेको छ । दिल्ली सरकारले प्रत्येक घरमा गएर कोरोना परिक्षण गर्ने निर्णय गरिसकेको छ । त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार विहीबारमात्रै १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ४ लाख ९१ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै २ लाख ८५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*