कतार एयरवेजले आज एक सय ५५ जना नेपालीलाई निशुल्क नेपाल ल्याउँदै
काठमाडौं । कतार एयरवेजले आज बोइङ ७८७ ’ड्रिमलाइनर’ मार्फत एक सय ५५ जना नेपालीलाई निशुल्क नेपाल ल्याउँदैछ ।
यो कम्पनीले सार्क मुलुकभर हालसम्म दिल्लीमा मात्र ड्रिमलाइनर प्रयोग गर्दै आएको छ ।
नेपालमा अनुमति पाएको अवस्थामा सार्क मुलुकभर कम्पनीको ड्रिमलाइनर दुई वटा मुलुकमा सञ्चालनमा आउनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बिहीवार दिउँसो २ बजे दोहा–काठमाडौं अवतरण हुन लागेको यो जहाजमा एक सय ५५ जना नेपाली नागरिक आउँदैछन् ।
यो जहाज दोहाबाट खाली आउन लागेको थियो ।
अहिले सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काइरहेको अवस्थामा कतार सरकारको पहलमा एक सय ५५ नेपालीलाई निःशुल्क ल्याइदिन लागेको जनाइएको छ ।