नेकपा स्थायी कमिटी बैठकमा दुई अध्यक्षले पोखे असन्तुष्टि

निरन्तर न्यूज
११ असार २०७७, बिहीबार १०:३७

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकमा दुई अध्यक्षले एक अर्काप्रति आक्रोश व्यक्त गरेका छन ।

बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीमा अहङकार पलाएको आरोप लगाए । प्रधानमन्त्री ओलीले आफू विरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाए ।

दाहालले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताएका थिए । उनले आधा– आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति छाड्नु गल्ती भएको बताए ।

बैठकमा अध्यक्ष दाहालले घुमारो पाराले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीसमक्ष प्रस्ताव गरे ।

२ जेठ २०७५ मा समानता र समान अवधिका आधारमा दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने सहमति भएकाे थियाे । ४ मंसिर २०७६ मा दाहाललाई कार्यकारी अध्यक्ष बसेर ओलीले पाँच बर्ष सरकार चलाउने सहमति गरेको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरेका थिए । कोरोना भाइरसको महामारी नियन्त्रणमा पनि राम्रो काम गरेको प्रधानमन्त्री ओलीले बताए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गरेको बताए ।

अध्यक्षद्वयले कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*