चीनकाे विशेषज्ञ टोली उत्तर कोरियाली नेता किमको स्वास्थ्य अवस्था बुझ्न गयाे

निरन्तर न्यूज
१४ बैशाख २०७७, आईतवार २१:४२

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था गम्भीर रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर कोरियाका शासक किमको स्वास्थ्य स्थिति खराब भएकोले चीनले शनिबार मात्र विशेषज्ञ टोली उत्तर कोरिया पठाएको अन्तराष्ट्रीय सन्चार संस्था द गार्जेनले जनाएकाे छ । उनको मुटुको शल्यक्रियापश्चात हाल कोमामा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । जापानी मिडियाहरूले पनि किमको मुटुको शल्यक्रियापछि बेहोस अवस्थामा रहेको जनाएका छन् । जापानको साप्ताहिक पत्रिका शुकान गेनडाईले शुक्रबार एक रिपोर्टमा उत्तर कोरियाका तानाशाह मुटुको शल्यक्रियापछि अचेत अवस्थामा रहेको उल्लेख गरेको थियो । समाचार अनुसार किमको मुटुमा अचानक समस्या देखिएपछि शल्यक्रिया गरिएको छ ।

किमको चिकित्सकीय टोलीले चीनसँग सल्लाह र सहयोग मागेपछि विशेषज्ञ टोली आवश्यक औषधी चीनले पठाएको छ । उत्तर कोरियाली चिकित्सकले चिनियाँ मेडिकल ग्रुपलाई कुर्न सम्भव नठानेर आफै अपरेसन गरेको समेत बताइएको छ । हङकङ स्याटेलाइट टेलिभिजन (एचकेएसटीवी)ले भने विश्वस्त स्रोतकाे दाबी भन्दै उत्तर कोरियाली शासक किमकाे ३६ बर्षको उमेरमा नै मृत्यु भइसकेको बताएको छ ।

अन्य मिडियाहरूले पनि उनी बेहाेस रहेकाे लेखे पनि यसकाे आधिकारिक पुष्टि भने हुन सकेकाे छैन । पछिल्लो समय किम त्यहाँका महत्वपूर्ण सार्वजनिक समारोहमा पनि नदेखिएको बताइएको छ । यही अप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा उनी सहभागी नभएपछि त्यहाँ अनेक अड्कलबाजी गरिँदै आएको थियो । एजेन्सीकाे सहयाेगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*