५ दशकअघि कलम र मशाल जन्मिएको दिन

निरन्तर न्यूज
६ बैशाख २०७७, शनिबार ०९:१६

काठमाण्डौं । आज नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ५१ औँ स्थापना दिवस । नेपाल बिद्यार्थी संघको २०२७ सालमा आज कै दिन जेलभित्र स्थापना भएको थियो ।

पञ्चायती शासनमा पिल्सिएका नेपाली र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको चित्र कोर्ने प्रयास भएको देखिन्छ । त्यो सँगै देशभित्रका पनि विभिन्न क्याम्पसमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो । यसैबाट नेपाल विद्यार्थी संघले औपचारिक जन्म भएको होे।

एक दलिय पंचायत विरुद्ध लड्नका लागि नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई संगठित रुपमा अगाडी बढाउन नेपाल विद्यार्थी संघको स्थापना गरेको पाइन्छ ।

नेविसंका संस्थापक सभापति विपिन कोईराला हुन् ।

नेविसंघ देशमा भएका विभिन्न राजनीतिक एवं शैक्षिक परिवर्तनको नेतृत्व लिदैं २०४६ र २०६२ र ०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रह्यो । नेपाल विद्यार्थी संघको मुल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हुन् ।

नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा भएको थियो । नेपाल विद्यार्थी संघ एक ऐतिहासिक संगठन र एक अनवरत संघर्षशील संस्था हो । नेपाल विद्यार्थी संघको इतिहास आन्दोलन र क्रान्तिको पृष्ठभुमिमा रहि शाहिदको बलिदान र नव मार्गदर्शनको सच्चा क्रान्तिकारी एवं सचेत विद्यार्थीहरुको नवीन मार्गको रूपमा जेलभित्र कमल र मशाल अङ्कित झण्डा निर्माण गरि स्वायम्भुको सत्तलमा जन्मिएको हो ।

नेपाल विद्यार्थी संघ निरंकुश, अधिनायकवादी र सामन्तीहरुको विरुद्धमा अनवरत संघर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति, आर्थिक, शैक्षिक एवं समुन्नत राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरि रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था हो । हरेक आन्दोलनको अग्र मोर्चामा रहि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै निरंकुश, तानाशाही व्यवस्थाको विरुद्ध नेपाल विद्यार्थी संघका विद्यार्थी योद्धाहरुले ज्यानको बलिदान दिएको कुरा इतिहासले बताँउछ ।

नेपाल विद्यार्थी संघमा गोलबद्ध वीर शाहिदहरु कामेश्वार, कुलेश्वास राम,लक्ष्मण,लिला,ठगीराज, श्यामसुन्दर,भरत,खगेन्द्र, रजन गिरि आदि लगायत सयौं शाहिदहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको लागि ज्यानको बलिदान दिएको इतिहास छ । यस्तो विरासत भएको संस्था पछिल्लो समय गुट उपगुट , ब्यक्तिगत स्वार्थमा लिप्त भएको भनि आलोचना खेपिरहेको छ ।
२०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसपछिका अध्यक्षले समयमा अधिवेशन गर्न सकेका छैनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट अध्यक्ष जिते पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न भने सकेनन् । गगन थापा जस्ता जुझारु नेता नेविसंघकै उत्पादन हुन् ।

लामो रस्साकस्सी पछि गत माघमा राजीव ढुँगानाले यस्को कमाण्ड सम्हालेका छन् ६ महिनामा महाधिवेशन गर्ने शर्तमा ।

हिजो नेविसंघ जसरी बफादार थियो तर आज विचार र आदर्शमा केहि बिचलित हुन खोजेको हो कि भन्ने टिप्पणी हुन थालेका छन् । नेविसंघले आफ्नो सिर्जनशील र उर्जाशील जीवनलाई समाज रुपान्तरणको अध्यायमा आफुलाई परिर्वतन गर्नु जरुरी भएको जानकारहरु बताँउछन् ।

फाइल फाेटाे

नेविसंघ संगठनिक अराजकता र अकर्मण्यताको भुमरीबाट बाहिर निस्किनु, समय सापेक्ष सामाजिक र शैक्षिक एजेन्डा प्रति आवश्यक इच्छाशक्ति प्रकट गर्दै सिर्जनशिल र उर्जा्शिल जीवन संगठनका लागि खर्च गर्नु पर्नेमा पछिल्लो समय आँफैमा रुमल्लिएको भनि आलोचना हुने गर्छ ।

लोकतन्त्रको फरक अभ्यास टिकेतन्त्रमा नेविसंघमा फस्नु हुँदैन । विद्यार्थीको अधिकारको लागि लड्ने विद्यार्थी नेता नभएर नेताको चाकरि गर्ने कुराको अन्त्य गर्नु आवश्यक छ । कलेज र शिक्षालाई व्यापारिकरणबाट रोक्नु आवश्यक छ । श्राेत : समाजखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*