कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त भोजन र बसोबासको व्यवस्था गर्न पहलकाे माग
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, काँग्रेस नेता प्रदीप गिरी, योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले लगायतले शुरु गरेको ‘कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल’ले आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय भन्दै मजदुरहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारसँग माग गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभर कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त संघीय र प्रदेश सरकार तथा स्थानीय तहको संयोजनमा भोजन र बसोबासको व्यवस्थाको माग गरेको छ । साथै गाउँ फर्कन चाहनेलाई गाउँ जाने व्यवस्था मिलाउन पनि माग गरिएको छ । ‘गाउँ फर्कन चाहने किसान मजदुरको लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गरोस्’, विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ती यस प्रकार रहेकाे छ ।
Press-Release_17-April-2020_Corona-Initiatve