मंगलबार मन्त्रीपरिषद्को बैठक बस्दै, लकडाउन थप्ने सरकारको तयारी
काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाउन विशेष आग्रह गर्दै आइरहेको छ । त्यस्तै लकडाउनलाई निरन्तरता दिन सरकारले तयारी समेत गरिरहेको छ । । एक हप्ता लकडाउन थप्ने तयारी सरकार रहेको र त्यसको निर्णय आज हुन मन्त्रीपरिषद बैठकले गर्ने बताइएको छ ।
मंगलबार बिहान ११ बजेपछि मन्त्रीपरिषदको बैठक बस्दैछ । सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो ।
बुधबार बिहान यसअघि घोषणा गरिएको अवधि सकिनै लाग्दा सरकारले चौथोपटक लकडाउन थप्ने निर्णय गर्न लागेको हो ।विश्व स्वास्थ्य संगठनले पनि लकडाउनलाई निरन्तरता दिन सुझाव दिएसँगै कोरोना भाइरसबाट बच्न लकडाउनसहितका उपायहरुलाई व्यवस्थित सरकार लागिपरेको छ ।।
हालसम्म नेपालमा १४ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । त्यसमध्ये एकजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
श्राेत : साझापाेष्ट