मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको समय थप गर्ने सरकारको तयारी

निरन्तर न्यूज
२४ चैत्र २०७६, सोमबार ०९:१३

काठमाडाैँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सरकारले सुरू गरेको लकडाउनको समय केही थप्ने भएको छ । भोलि अर्थात चैत २५ गते रातिसम्म रहेको लकडाउनको अबधि केही थप्ने तयारी गरेको सरकारले सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेपछि बस्ने बैठकले लकडाउनको अबधि लम्ब्याउने निर्णय गर्ने बुझिएको छ । कोरोना भाइरस थप मानिसमा संक्रमण हुन नदिन र महामारी रोक्न लकडाउन नै उपयुक्त विकल्प रहेको जनस्वास्थ्यका विज्ञहरूले सरकारलाइ सुझाव दिएका छन । श्राेत : दैनिकि डट कम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*