गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सांसद बाँनीयाकाे ५ लाख सहयाेग

निरन्तर न्यूज
१४ चैत्र २०७६, शुक्रबार १९:४९

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कोरोनाविरुद्ध अभियानका लागि ५ लाख रुपैंया सहयोगको घोषणा गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले पश्चिमी मकवानपुरका ३ गाउँपालिकालाई ५ लाख रुपैंया सहयोग गर्ने जनाएका हुन् । मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद बानियाँले राक्सिराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख रुपैंया जम्मा गर्ने जनाएका छन् । त्यसैगरी, मनहरी गाउँपालिकालाई १ लाख र कैलाश गाउँपालिकालाई २ लाख रुपैंया सहयोग गर्ने भएका छन् । उक्त रकम गाउँपालिकाको विपद व्यवस्थापन कोषको खातामा जम्मा गर्ने जनाईएको छ ।

उनले महामारी रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाहरुको अभियानमा साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । बागमती प्रदेशभर अति न्यून आय भएका विपन्न वर्ग, लोपोन्मुख बनकरीया, दैनिक श्रम गरी खाने असंगठित श्रमिक र जनजाति समुदायलाई लक डाउनको समयमा हुन सक्ने खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको उपलव्धताका लागि संघीय एवं बागमती प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएका छन् ।

उनले आफु जनताको समस्या समाधानका लागि संघीय, प्रदेश एवं स्थानीय तह र नागरिक समाजसंग हातोमालो गर्न प्रतिवद्ध रहेको अवगत गराउँदै कोरोना संक्रमणविरुद्धको अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारलगायत सम्पूर्णलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै अभियानमा जुट्न समेत आग्रह गरेका छन् ।

राक्सिराङ गाउँपालिका कार्यालयले आर्थिक अवस्थाको मध्यनजर गर्दै कोरोना भाईरस संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा र थप परिक्षणका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जानु परेमा प्रति विरामी ५ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको छ भने विपद व्यवस्थापन कोषमा २५ लाख रुपैंया जम्मा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*