गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस मनाईयो
हेटौंडा।नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस शुक्रबार बिविध कार्यक्रम गरी मनाएको छ ।
कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको स्मृतिसभा कांग्रेस मकवानपुर कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको थियो ।
स्मृति सभामा बोल्दै कार्यबहाक सभापति लामिछानेले २०४७ सालको आन्दोलन, २०६२र०६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गर्दै १२ बुँदे सम्झौता, संघिय लोकतान्त्रिक गणतन्त्रमा देशलाई पुर्याउने लगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । पाँचपटक प्रधानमन्त्री बनेका स्वर्गीय कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु राजिव सुवेदी, माधव आचार्य, भीमसेन महत, सल्लाहकार भरत पराजुली, क्षेत्र नम्बर १ का संघिय सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर २ क का क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस नेता उत्सव ईटेनी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, ट्रेड युनियन मकवानपुर उपाध्यक्ष शर्मिला श्रेष्ठलगायत कांग्रेस मकवानपुरका नेतारकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।