आजदेखि सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबारबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेरै काम गर्ने भएका छन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि शुक्रबार निवास फर्किएका प्रधानमन्त्रीले ओलीले शनिबार पनि बालुवाटारमा छलफल र भेटघाट गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री आइतबारबाट सिंहदरबार जाँदैछन ।
थापाका अनुसार प्रधानमन्त्रीले विश्वभरि फैलिरहेको कोरोना भाइरसको जोखिमसँग जुध्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने विषयमा सिंहदरबारमै बसेर छलफल गर्ने छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले भिडियो सम्वादमार्फत छलफल गर्दैछन । भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी सवा ५ बजेपछि सम्वोधन गर्ने सल्लाहकार थापाले बताए ।
सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी हुने छन । भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ ।श्रोत दैनिकी