क्यानडाका प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना संक्रमण
क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफिया जर्जियालाई कोरोनाको संक्रमण पुष्टि भएको छ । पत्नी जर्जियालाई कोरोनाको संक्रमण भएपछि १४ दिनका लागि सेल्फ आइसोलेसनमा छन् ।
जर्जियालाई कोरोनाको सामान्य लक्षण देखिएको र अहिले उनको अवस्था ठिकै रहको र १४ दिनसम्म आइसोलेसनमा बस्न प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । स्वास्थ्य अधिकारीहरुले उनीसँग नजिक रहेका व्यक्तिहरुको खोजी भइरहेको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो छ । उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । पूर्व सावधानी र चिकित्सकहरुको सुझाव अनुसार उनी पनि १४ दिनको सेल्फ-आइसोलेसनमा बस्ने भएका छन्।’
उनलाई कुनै पनि लक्षण नदेखिएकोले अहिलेसम्म उनको कोरोना जाँच नगरिएको बताइएको छ । उनले आफ्ना नियमित कामहरु भने जारी राख्नेछन् ।
नोभोल कोरोना भाइरसले तीव्र रुप लिँदै गर्दा विभिन्न कम्पनीका कर्मचारीहरुले घरबाटै काम गर्न थालेका छन् ।-सीएनएन