मन्त्री भट्टराई पत्नीमाथि साँढे दुई लाख घुस लिएको आरोप लागेपछि…
काठमाडौं। पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेमाथि साँढे दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । उनीमाथि एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भनी घुस लिएको आरोप लागेको हो । घिमिरे काउन्सिलकी रेक्टर हुन् ।
घुसका लागि फेसबुक मेसेन्जरमा कुराकानी गरेको विषय पनि सार्वजनिक गरिएको छ । मेसेन्जरमा जीता बरालको नाम छ । यसको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ । बरालमाथि घिमिरेले प्रहरीमा उजुरी दिने तयारी गरेको उनी निकटस्थले जानकारी दिए ।
पत्नीमाथि गम्भीर आरोप लागेपछि भट्टराईले फेसबुकमार्फत् नै आफ्नो धारणा बाहिर ल्याएका छन् । उनले घटनाबारे उल्लेख नगरी कुनै गल्ती नगरिएको र नगरिने बताएका छन् । षड्यन्त्रप्रति आफूहरु सचेत रहेको भनेका छन् ।
पछिल्लो पटक नेकपाका नेताहरुबारे एकपछि अर्को भ्रष्टाचारको विषय बाहिर आइरहँदा मन्त्री योगेश भट्टराईकी पत्नी पनि विवादमा तानिएकी हुन् । तर, उनले षड्यन्त्र भएको भन्दै कारबाहीको दायरामा ल्याउने बताएकी छिन् ।श्रोत रिपोर्टस् नेपाल