धारिलो हतियार प्रहार गरी १६ वर्षिय छोराको हत्या

निरन्तर न्यूज
२९ फाल्गुन २०७६, बिहीबार १३:०६

कञ्चनपुर । १६ वर्षिय आफ्नै छोराको हत्या गरेको अभियोगमा कञ्चनपुरमा एक जनालाई प्रहरीलेपक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्दले छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा प्रहरीले थप अनुसनधान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*