चर्चित हलिउड अभिनेता टम र श्रीमती कोरोनाभाइरसबाट संक्रमित
काठमाडौं । सामान्य रुघाखोकी लागेसँगै जचाउन पुगेका अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। टमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।
दैनिक काममा खटिराखेका ६३ वर्षका नायक ह्यान्क्सले सामान्य रुघाखोकी लाग्नेबित्तिकै जचाउँदा कोरोनाको संक्रमण देखिएको इन्स्टाग्राममा लेखेका छन् ।
उनले भनेका छन्, ‘हामी रुघाखोकी लागेको जस्तो गरी थकित भएका थियौं। जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको थियो । के भएको भनेर परीक्षण गराइहाल्यौं। हामीमा कोरोना भाइरसको संक्रमण देखियो।’
अस्ट्रेलियामा अहिलेसम्म १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।