हेटौंडा उपमहानगरपालिकाकाे सेवाग्राहीलाई मास्क

निरन्तर न्यूज
२८ फाल्गुन २०७६, बुधबार १७:३२

हेटौंडा । विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणबाट बेलैमा सचेतना अपनाउने र सचेत रहनका लागि हेटौंडा उपमहानगरपालिकाले कार्यालयमा आउने सेवाग्राहीलाई मास्क वितरण गर्न सुरु गरेको छ ।  कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मास्क वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

हेटौंडा वजार क्षेत्रमा मास्कको अभाव भइरहेको समयमा उपमहानगरपालिकाले निशुल्क रुपमा मास्क वितरण गरेको हो । नगरवासीहरुले सेवा लिन आउँदा मास्कको प्रयोग गर्नेगरी मास्कको वितरण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

मास्क वितरणको काम केही दिनपछी हेटौंडाको १९ वटै वडाबाट सुरु गर्ने लक्ष लिइएको उपमहानगरपालिकाले जनाएको छ । निशुल्क रुपमा वितरण गर्ने मास्सक तयार पार्नका लागि अडर दिइएको र वितरणको काम पनि गरिने मेयर महतले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*