कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु

निरन्तर न्यूज
२८ फाल्गुन २०७६, बुधबार ११:४३

इरानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको छ ।

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा यो दुखद घटना भएको हो ।

कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच स्थानीय बासिन्दाहरुले उक्त रक्सी पिएको समाचारमा उल्लेख छ ।

यसरी रक्सी पिउँने मध्ये २७० जना उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

मिसावटयुक्त रक्सी बेचेको आरोपमा सात जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।श्रोत देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*