आज मेघ गर्जनसहित वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

निरन्तर न्यूज
२७ फाल्गुन २०७६, मंगलवार १०:२३

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका केहि स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।

मङ्गलबार देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एकरदुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडि भूभागका थोरै स्थानहरुमा चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

फागुन २७ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू(भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिस् देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ।

फागुन २८ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ।

रातिस् देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ।

फागुन २९ गते (बिहिबार)

दिउँसोः देशभर आँशिक रहनेछ । पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ।

रातिस् देशभर आँशिक रहनेछ । पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको संभावाना छ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*