शिवम सिमेन्टको चरम लापरबाहीको कारण जनता मारमा

निरन्तर न्यूज
२५ फाल्गुन २०७६, आईतवार ११:३१

हेटौंडा । हेटौडा उपमहानगर पालिका १७ हटियामा रहेको शिवम् सिमेन्ट लिमिटेडका कारण त्यस क्षेत्रका नागरिकले कष्टकर जिबन बिताउन बाध्य रहेका छन । स्थानिय निकाय स्थानिय नागरिक हरु सित चरण बद्ध रुपमा हरेक बिषयमा सम्झौता गर्दै आएको शिवम् ले सम्झौता कार्यन्वयन भने हाल सम्म पनी नगरेको स्थानियको गुनासो रहेको छ । शिवम् सिमेन्टले इ आइ ए प्रतिबेदनमा समाबेश गरेको बिभिन्न सर्तको समेत धज्जी उडाउदै जनतालाई कष्टकर जिबन यापन बिताउन सास्ती दिदै उद्योगभने पैसा कुम्ल्याउनै मस्ती रहेको छ ।

हेटौडा उपमहानगर पालिका १७ नम्वर चुनडाडा बाट शिवम जोड्ने वाटो आठ वर्ष अघी नै स्लायप ढलान गर्ने स्थानिय नागरिक समुहहरु सित सहमती सम्झौता गरेको थियो तर हाल सम्म पनी शिवम् सिमेन्टले सहमती सम्झौता पालना नगर्दा त्यस भेगका जनताले जोखिम पुर्ण यात्रा गर्न बाध्य रहेका छन । शिवम् सिमेन्टको हेपाह प्रवृती ले त्यस भेगमा धेरै दुर्घटना समेत हुने गरेको छ । चुनडाडा बाट शिवम् जाने वाटो मा अत्याधिक भार वहान सबारी शिवम् आफैले चलाउने गरेका कारण सभेत उक्त वाटो प्रयोग गरी आवत जावत गर्न नागरिकलाई सास्ती भएको छ । शिवम् सिमेन्टले उक्त बाटो स्थर उन्नती गर्ने र स्लयाप ढलान गर्ने सम्झौता गरेको वर्षौ विती सक्दा पनी काम नगरेका कारण सोही बाटो प्रयोग गर्ने राजदेबी एक्लेखेत फुर्केचौर दोभानचौरका जनताले सास्ती भोगेका छन ।
शिवम् को यो चरम हेपाह प्रवृतीका कारण नागरिकले दुख पाई रहंदा समेत कसैले चासो नदेखाएका कारण तत्काल शिवम् सिमेन्टले उक्त बाटो यथा सिघ्र स्थर उन्नती सहित को स्लयाप ढलान नगरे स्थानियले उक्त वाटो अनिश्चित कालका लागी बन्द गर्ने चेतावनी दिएको छ । उद्योगले पैसा कमाउन का लागी जनताले सधै दुख पाईरहनु पर्ने स्थितीको अन्त्य गर्न समेत स्थानियले उक्त बाटो बन्द गर्ने चेतावनी दिएका हुन । स्रोत: जननी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*