सवारी दुर्घटना हुँदा , ११ जनाको मृत्यु

निरन्तर न्यूज
२४ फाल्गुन २०७६, शनिबार १५:००

भारत। भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ । कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भारतको मुजाफारपुरअन्तर्गत पर्ने कान्ति प्रहरी चौकीनजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन् । घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*